आँधीका कारण मध्य जापानमा २ जनाको मृत्यु

मध्य जापानमा शनिबार भएको भीषण आँधीमा परी २ जनाको मृत्यु भएको छ भने दशौं हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

जापान मौसम विज्ञान विभागले टोकियोको दक्षिण पश्चिम शिजुओका शहरमा बिहीबारदेखि वर्षा सुरु भएपछि रेकर्ड ४१७ मिलिमिटर वर्षा भएको छ ।

मध्य जापानमा भीषण हावा र मुसलधारे पानीका कारण ठूलो क्षति पुगेको हो । आँधीका कारण करिब ६५ किलोमिटर प्रतिघन्टाको गतिमामा हावा चलिरहेको छ ।

४० वर्षीय एक व्यक्तिको पहिरोमा परी मृत्यु भएको छ भने २९ वर्षीय अर्का व्यक्तिको कार पानीमा खस्दा मृत्यु भएको क्योदो न्युज एजेन्सीले जनाएको छ ।

वर्षा र आँधीका कारण करिब १ लाख २० हजार घरमा बिद्युत आपूर्ति बन्द भएको छ । पहिरोको कारण विद्युतका पोल ढलेपछि विद्युत आपूर्ति रोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?