जापानमा प्रेमिकाको हत्या गर्ने एक जना पक्राउ

जापानको नागानो प्रान्तमा प्रेमिकाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नागानाको साकाकीमा एक पार्टीका क्रममा आफ्नी ३० वर्षीया प्रेमिकाको हत्या गरेको आरोपमा २३ वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हत्या गरिएकी युवती र हत्या गर्ने दुवैजना म्यानमारका नागरिक भएको प्रहरीले जनाएको छ । उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

ती व्यक्तिले पार्टीका क्रममा आफ्नी प्रेमिकामाथि छुरा प्रहार गरी राति करिब १०ः४० बजे हत्या गरेका हुन् ।

युवतीकी अर्की साथीले प्रहरीलाई फोन गरी छुरा प्रहार गरेको घटना जानकारी गराएकी थिइन् । आरोपीले प्रहरीसमक्ष आफूमाथिको आरोप स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?