
जापानका सम्राट नारुहितो बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्त्यष्टिमा सहभागी हुने भएका छन् ।
सन् २०१९ मा बाबु अकिहिताले गद्दीत्याग गरेपछि जापानको राजा बनेका नारुहितोको राजगद्दी आरोहणपछिको पहिलो विदेश भ्रमण हुनेछ ।
अन्त्यष्टिमा राजा नारुहितो र महारानी मासाको अन्त्येष्टिमा सहभागी हुन जापान जाने भएका हुन् ।
जापानी सम्राट विदेशमा बिरलैमात्र अन्त्यष्टिमा सहभागी हुने गर्छन् । यसअघि सन् १९९३ मा तत्कालीन राजा अकिहितो बेल्जियमका राजाको अन्त्यष्टिमा सहभागी भएका थिए ।
जापानी सम्राटले गद्दी सम्हालेपछि बेलायती महारानी एलिजाबेथ द्वितीयाको निमन्त्रणमा बेलायत भ्रमण जाने कार्यक्रम तय भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण सो भ्रमण हुन पाएको थिएन ।
बेलायती महारानीको निधनमा जापानको शाही परिवारले गहिरो दुःख व्यक्त गरेको छ । संवैधानिक राजतन्त्र रहेको जापान र बेलायतको राजपरिवारबीच गहिरो सम्बन्ध रहँदै आएको छ ।