
जापानको वाकायामा प्रान्तको शिराहामामा एक रिसोर्टको डस्टबिनमा नवजात शिशुको शव फेला परेको छ ।
प्रहरीले रिसोर्टको डस्टबिनमा फालेको अवस्थामा नवजात शिशुको शव भेटिएको जानकारी दिएको छ ।
प्रहरीका अनुुसार नवजात ति बालिकालाई एक कर्मचारीले राति करिब ८ बजे फेला पारेका थिए ।
क्योदो न्युजका अनुसार शनिबार युकाई रिसोर्ट नानकी शिरहामाओंसेन शिराहामा सैचोराकुमा फोहोरको ठूलो थुप्रोमा शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी पुग्दा ति बालिकाको मृत्यु भइसकेको थियो । तौलियामा बेरेर फालेको अवस्थामा बच्चाको शव भेटिएको थियो ।
प्रहरीले रिसोर्टमा आएका सबैमाथि जाँच गर्ने र सीसीटीभी क्यामेराको फुटेजसमेत हेरेर बच्चा कसले छाडेको हो भन्ने पत्ता लगाउने कोशिस गरिने जनाएको छ ।