जापानमा कोरोना भाइरसको संक्रमणबाट आइतबारमात्रै १९७ जनाको मृत्यु भएको छ । सोही अवधिमा ८९ हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समयमा जापानमा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्यामा केही कमी आएको हो ।
आइतबारमात्रै जापानमा १ लाख २६ हजार ९२८ जना संक्रमित निको भएका छन् । हाल संक्रिय संक्रमितको संख्या ११ लाख २७ हजार ८८७ रहेको छ भने ४१९ जनाको अवस्था गम्भीर छ ।
जापानमा हालम्म २ करोड ७१ हजार, ९६७ जनामा कोरोना संक्रमण भइसकेको छ भने ४२ हजार ५१० जनाको मृत्यु भएको छ ।