जापानमा कोरोना भाइरसबाट बुधबार एकैदिन २८२ जनाको मृत्यु भएको छ । सोही अवधिमा १ लाख ७२९ जना नयाँ संक्रमित थपिएका छन् ।

यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो । जापानमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्यामा केही गिरावट आएको छ ।
पछिल्लो २४ घन्टामा १ लाख ७३ हजार १४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । जापानमा हाल १४ लाख ७९ हजार ६५४ जना सक्रिय संक्रमति रहेका छन् भने ४७४ जनाको अवस्था गम्भीर छ ।
जापानमा हालसम्म १ करोड ९६ लाख ३५ हजार २४६ जना संक्रमित भइसकेका छन् भने ४१ हजार ५७५ जनाको मृत्यु भइसकेको छ ।