जापानमा कोरोनाबाट थप २८४ जनाको मृत्यु, संक्रमितको संख्या क्रमशः घट्दै

पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण र मृत्यु हुनेको संख्या बढिरहेको जापानमा संक्रमितको संख्यामा केही कमी आएको छ ।

पछिल्लो २४ घन्टामा जापानमा कोरोना भाइरसबाट २८४ जनाको मृत्यु भएको छ भने १ लाख १७ हजार १३० जना संक्रमित थपिएका छन् ।

जापानमा अहिले सक्रिय संक्रमितको संख्या १६ लाख ८४ हजार १५३ रहेको छ भने ५२३ जनाको अवस्था गम्भीर छ ।

जापानमा हालसम्म १ करोड, ९३ लाख, ४५ हजार २१२ जना संक्रमित भइसकेका छन् भने ४० हजार ८२९ जनाको मृत्यु भइसकेको छ ।

जापान कोरोना भाइरसका अत्यधिक संक्रमित भेटिने देशमध्ये १०औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?