
जापानमा मास्क नलगाई सार्वजनिक यातायातमा चढेको भन्दै यात्रुलाई ओराल्ने बस अपरेटरमाथि अनुशासनको कारबाही गरिएको छ ।
भूमि, पूर्वाधार तथा पर्यटन मन्त्रालय अन्तर्गतको चुबु जिल्ला यातायात कार्यलले सिजुओका प्रान्तको मिशिमामा मुख्यालय रहेको इजुहाकोन बस कम्पनीमाथि समेत अनुशासनको कारबाही गर्दै दुई वटा २५ दिन सञ्चालन गर्न रोक लगाइएको छ ।
एक महिला गत ७ अप्रिलमा मास्क नलगाई सिजुओका प्रिफेक्चरको इजुनोकुनीमा बस चढेकी थिइन् । तर चालकले उनलाई मास्क नलगाएको निहुँमा बाहिर निकालेका थिए ।
यात्रुको गुनासोपछि ती महिलालाई बसस्टप पुग्नुअघि नै ओर्लन बाध्य पारेको पुष्टि भएपछि कारबाही गरिएको हो ।