जापानमा कोरोनाबाट ३१६ जनाको मृत्यु, १ लाख ६७ हजार संक्रमित थपिए

जापानमा कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ३१६ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार ३४० जना संक्रमित भएका छन् ।

जापानमा पछिल्लो एक महिनादेखि कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन ।

पछिल्लो २४ घन्टामा २ लाख ३४ हजार २०३ जना कोरोना संक्रमित निको भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १७ लाख ८९ हजार २९८ रहेको छ भने ५५५ जनाको अवस्था गम्भीर छ ।

जापानमा हालसम्म १ करोड ८९ लाख ३९ हजार ३४४ जना संक्रमित भइसकेका छन् भन् ३९ हजार ८८० जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?