जापानमा ९२ वर्षीया वृद्धाको घाँटी थिचेर हत्या, आत्महत्याको कोशिस गर्ने छोरा कोमामा

जापानको टोकियोमा आफ्नै घरमा एक ९२ वर्षीया वृद्धा मृत अवस्थामा भेटिएकी छन् भने उनका ५९ वर्षीय छोरा कोमामा पुगेका छन् ।

छोराले ओछ्यानमा सुतेकी आमाको हत्यापछि आत्महत्याको कोशिस गरेको प्रहरीको अनुमान छ ।

सोमबार बिहान १० बजेतिर एक जना डाक्टर कात्सुशिकास्थित घरमा पुग्दा ढोकामा टाँसिएको एउटा नोट भेटे । जसमा लेखिएको थियो– कृपया प्रहरीलाई फोन गर्नुहोस् । मलाई माफ गर्नुहोस् ।’

घरको पहिलो तलामा फुसाको माइहरा नामकी महिला र अर्को कोठामा उनका छोरा गम्भीर अवस्थामा भेटिएका थिए ।

उनलाई तत्काल अस्पताल पुर्‍याउँदा चिकित्सकले निद्राको औषधिको अत्यधिक सेवन गरेको बताएका थिए । उनी अचेत अवस्थामा छन् ।

प्रहरीले आमाको हेरचाह गर्ने छोरामात्रै रहेको र उनैले हत्या गरेको हुनसक्ने जनाएको छ । प्रहरीले सोधपुछका लागि छोरा निको नभएसम्म पर्खिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?