
जापानको मियागी प्रिफेक्चरमा एक घरमा तीन जना मृत भेटिएका छन् ।
मियागीको शिचिगाहामामा एक ७३ वर्षीय पुरुष, उनकी ४९ वर्षीया श्रीमती र उनका ७० वर्षीय भाइ मृत भेटिएका हुन् ।
प्रहरीले उनीहरुको हत्या वा आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । प्रहरीका अनुसार ७३ वर्षीय मसारु अत्सुमी, उनकी श्रीमती इची र भाई मित्सुको शव घरमै मृतअवस्थामा आफन्तले फेला पारेका थिए ।
दोस्रो तलाको कोठामा भेटिएका मसारु र मित्सुको घाँटी थिचेर हत्या गरिएको र इचीको बाथरुममा भेटिएको प्रहरीले जनाएको छ । उनको घाँटी र नाडीमा छुरा प्रहार भएको देखिएको छ ।
इचीले नै श्रीमान् र उनका भाइको हत्या गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।