कोरोनाबाट जापानमा एकैदिन ३२५ जनाको मृत्यु

जापानमा कोरोना भाइरसको संक्रमणबाट शनिबार एकैदिन ३२५ जनाको मृत्यु भएको छ ।

वल्डोमिटर्सका अनुसार २४ घन्टामा १ लाख ९६ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख १३ हजार १६१ जना निको भएका छन् ।

हाल जापानमा २० लाख ६६ हजार ८३६ जना सक्रिय संक्रमित र ६२४ जना कोरोनाका गम्भीर बिरामी छन् ।

जापानमा हालसम्म १ करोड ८१ लाख ८० हजार ४२५ जनालाई कोरोना भाइरसको संक्रमण भइसकेको छ भने ३८ हजार ५२२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?