कोरोना खोपका तीन मात्रा लगाउनेले जापान प्रवेशअघि पीसीआर गर्न नपर्ने

कोरोना भाइरसविरुद्धका तीन खोप लगाउनेले जापान प्रवेश गर्नुअघि पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले ७ सेप्टेम्बरदेखि कोरोना खोपका तीन मात्रा लगाउनेले जापान प्रवेशअघि पीसीआर परीक्षण गर्नुनपर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवासबाट पत्रकारहरुसँग अनलाइन कुराकानी गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

यसअघि कोरोना भाइरसविरुद्धको प्रतिकार्यका रुपमा जापान प्रवेश गर्नुभन्दा ७२ घन्टाअघि पीसीआर परीक्षण गरेको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था थियो ।

उनले भने, ‘७ सेप्टेम्बरपछि कोरोनाका तीन खोप लगाएको प्रमाणपत्र देखाएमा छुट दिइनेछ ।’
प्रधानमन्त्री किशिदा आफैं कोरोना संक्रमित भएर निवासमै आराम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?