कोरोनाबाट जापानमा २६९ जनाको मृत्यु, १ लाख ८५ हजार थप संक्रमित

जापानमा कोरोना संक्रमणबाट मंगलबार एकैदिन २६९ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ४९७ जना संक्रमित थपिएका छन् ।

वल्डोमिटर्सका अनुसार जापानमा मंगलबार १ लाख ९५ हजार ७४९ जना संक्रमणमुक्त भएका छन् । पछिल्ला केही सातादेखि जापानमा कोरोना संक्रमित र मृत्यु हुने दर उच्च रहेको छ ।

जापानमा हाल २० लाख ३२ हजार २४३ जना सक्रिय संक्रमित रहेका छन् भने ६४६ जनाको अवस्था गम्भीर छ ।

जापानमा हालसम्म कोरोना भाइरसबाट १ करोड ७३ लाख २५ हजार, २५ जना संक्रमित भइसकेका छन् भने ३७ हजार २७७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?