
जापानमामा मास्क नलगाएको भन्दै एक ८२ वर्षीय वृद्धामाथि मुक्का प्रहार भएको छ ।
मुक्का हानेको आरोपमा फुकओका प्रहरीले एक जना ४१ वर्षीय बेरोजगार व्यक्तिलाई जेआर कागोशिमा रेल स्टेशन नजिकैबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यो घटना बिहान १० बजेतिर रेल फुकुओकाको हाकाता वार्डको ताकेशिता नजिक पुगेका बेला भएको थियो ।
पक्राउ पर्नेमा ओशाकाको कादोमा सहरका दाईची नाकामुरा रहेको र उनले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनले महिलाले मास्क नलगाएका कारण आफूले टाउकोको पछाडि हानेको बताएका छन् । ती महिलालाई गम्भीर चोट भने नलागेको प्रहरीले बताएको छ । उनी सागा प्रिफेक्चरको तोसु सिटी जाँदै थिइन् ।