जापानमा आइतबार एकै दिन कोरोना भाइरसका २ लाख ४२ हजार ७९० जना संक्रमित भेटिएका छन् ।

सोही अवधिमा कोरोना संक्रमणबाट २६३ जनाको मृत्यु भएको छ ।
जापानमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमित र मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।
आइतबार १ लाख ८९ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जापानमा हाल २० लाख ९ हजार सक्रिय संक्रमित रहेका छन् भने ६३२ जनाको अवस्था गम्भीर छ ।
जापानमा हालसम्म कोरोना संक्रमणबाट ३६ हजार ७८० जनाको मृत्यु भइसकेको छ भने १ करोड ६९ लाख, २१ हजार ६५३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।