
जापानमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन २८३ जनाको मृत्यु भएको छ भने २ लाख ५५ हजार ८१० जना संक्रमित भएका छन् ।
जापानमा कोरोना संक्रमितसँगै निको हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो २४ घन्टामा २ लाख ४१ हजार, ६५१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल जापानमा १९ लाख ५७ हजार ८१ जना संक्रिय संक्रमित रहेका छन् भने ६१६ जनाको अवस्था गम्भीर छ ।
हालसम्म जापानमा १ करोड ६६ लाख ७८ हजार ८६३ जना कोरोना संक्रमित भइसकेका छन् भने ३६ हजार ५१७ जनाको मृत्यु भएको छ ।