जापानमा कोरोनाबाट थप २६८ जनाको मृत्यु

जापानमा पछिल्लो समयमा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ ।

जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २६८ जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजार ८२६ जना संक्रमित थपिएका छन् ।

सोही अवधिमा १ लाख ७ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना भाइरसबाट जापानमा १ करोड ६१ लाख, ६१ हजार ८०१ जना संक्रमित भइसकेका छन् भने ३५ हजार ९५५ जनाको मृत्यु भइसकेको छ ।

हाल जापानमा १८ लाख ७० हजार ४९ जना सक्रिय संक्रमित रहेका छन् भने ६१० जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?