जापानमा २४ घन्टामा कोरोनाबाट २८४ जनाको मृत्यु

पछिल्ला दिनमा जापानमा कोरोना भाइरसबाट मृत्यु र संक्रमित हुनेको संख्या बढेको छ ।

जापानमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २८४ जनाको मृत्यु भएको छ भने १ ला ७८ हजार २८६ जना संक्रमित भएका छन् ।

सोही अवधिमा २ लाख २३ हजार ७५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जापानमा हालसम्म १ करोड ५९ लाख ५३ हजार ३१८ जना संक्रमित भइसकेका छन् भने ३५ हजार ६५५ जनाको मृत्यु भइसकेको छ ।

जापानमा हाल सक्रिय संक्रमितको संख्या १९ लाख ६ हजार ९८ छ भने ६२७ जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?