जापानमा एकैदिन २१० जनाको मृत्यु, २ लाख १५ हजार बढी संक्रमित

जापानमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट २१० जनाको मृत्यु भएको छ । सोही अवधिमा २ लाख १५ हजार ९०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा १ लाख ३७ हजार कोरोना भाइरसमुक्त भएका छन् । केही सातायता जापानमा कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्यामा उच्च वृद्धि भएको छ ।

जापानमा हालसम्म कोरोना भाइरसबाट १ करोड, ५७ लाख ७५ हजार भन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ भने ३५ हजार ३७१ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?