लामो समयदेखि देखिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको विवाद टुंगिएको छ । मंगलबार टोकियोमा भएको वार्तामा दुई पक्षबीच सहमति भएको हो ।
एनआरएनए आईसीसीका पूर्वअध्यक्ष भवन भट्टको अगुवाईमा भएको वार्तामा दुई पक्षबीच विवाद समाधानको सहमति भएको हो ।

जसअनुसार शिवप्रसाद पौडेलको अध्यक्षतामा रहेको कार्यसमितिलाई कायम राख्दै अनिता गुरुङलाई संरक्षकमा मनोनित गर्ने सहमति भएको छ ।
वार्तामा एनआरएनए आईसीसीका पूर्वअध्यक्ष भवन भट्ट, उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, एसिया प्यासिफिक संयोजक डिपी पौडेल, उप संयोजक ददिवल खड्का, शिवप्रसाद पौडेल, बलराम श्रेष्ठ, अनिता गुरुङ, सिद्धार्थ श्रेष्ठ, सरोज खत्री, शालिकराम भण्डारी, बुद्धिमान घिमिरे, विजय थकाली सहभागी थिए । यस्तै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सचिव शान्त पहरीलगायत पनि सहभागी थिए ।
३० जुलाई, २०२१ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै गुरुङले मतदानबाट निर्वाचित अध्यक्षलगायत वर्तमान कार्यसमितिलाई अस्वीकार गरेकी थिइन् । अब २९ जुलाईमा फर्किएर सहमति भएको हो ।



