जापानमा थप १ लाख १० हजार बढी संक्रमित, १६७ जनाको मृत्यु

जापानमा पछिल्लो २४ घन्टामा १ लाख १० हजार ४८० जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

सोही अवधिमा कोरोना भाइरसबाट १६७ जनाको मृत्यु भएको छ । जापानमा कोरोना भाइरस संक्रमण बढे पनि निको हुने दर पनि उच्च रहेको छ ।

पछिल्लो २४ घन्टामा जापानमा १ लाख ८१ हजार ३३१ जना कोरोना भाइरसमुक्त भएका छन् । यसअघि सोमबार जापानमा कोरोना भाइरसबाटठ १५५ जनाको मृत्यु भएको थियो भने १ लाख ६९ हजारभन्दा बढी संक्रमित भएका थिए ।

जापानमा हालसम्म १ करोड ५६ लाख १५ हजार २५१ जना संक्रमित भइसकेका छन् भने ३५ हजार १५६ जनाको मृत्यु भइसकेको छ ।

जापानमा हाल २ लाख, १८ हजार ६८६ जना सक्रिय संक्रमित छन् । संक्रमित मध्ये ६०७ जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?