जापानमा ८१ हजारबढी संक्रमित थपिए, १२१ जनाको मृत्यु

जापानमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा मात्रै जापानमा ८१ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १२१ जनाले ज्यान गुमाएका छन् ।

यद्यपि यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो । यसअघि आइतबार २३८ जनाको मृत्यु भएको थियो ।

यो अवधिमा १ लाख ७९ हजार ८९६ जना निको भएका छन् । जापानमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट करिब ३५ हजारको मृत्यु भइसकेको छ ।

यसअघि शनिबार जापानमा कोरोनाबाट २५६ जनाको मृत्यु भएको थियो । जापानका सबैजसो प्रान्तमा कोरोना संक्रमण बढेको छ भने ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?