
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस आगामी महिना जापान आउने भएकी छन् ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी हुन ह्यारिस जापान आउने जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टिमा सहभागी हुन लागेकी ह्यारिसको उपराष्ट्रपति भएपछिको पहिलो जापान भ्रमण हुनेछ ।
जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको गत जुलाई ८ मा पश्चिमी शहर नारामा चुनावी भाषण गरिरहेका बेला एक व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
हालै भएको एक सर्वेक्षणमा भने ५३ प्रतिशत जापानीले आबेको राजकीय अन्त्येष्टिको विरोध गरेका थिए ।
आबेको अन्त्येष्टिमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा, जर्मनीका पूर्वचान्सलर एञ्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इमालुएल म्याक्रोनलगायतका नेताहरु पनि सहभागी हुने बताइएको छ ।