
जापानमा कोरोना भाइरसका संक्रमित र मृत्यु हुनेको संख्या उच्च बनेको छ ।
आइतबार जापानमा १ लाख ४७ हजार ७४५ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १८८ जनाको मृत्यु भएको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा १ लाख ९५ हजार ५५५ जना संक्रमित निको भएका छन् ।
यसअघि शनिबार जापानमा कोरोनाबाट २५६ जनाको मृत्यु भएको थियो । जापानका सबैजसो प्रान्तमा कोरोना संक्रमण बढेको छ भने ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।
शनिबार १ लाख ८३ हजार ६०९ जना संक्रमित थपिएका थिए । जापानमा ६२५ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ ।