जापानको होक्काइदोमा मध्यरातमा भूकम्पको धक्का

जापानको होक्काइदो क्षेत्रमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।

राति १२ बजेर ३५ मिनेटमा ५.१ रेक्टरस्केलको भूकम्प गएको जापान मौसम विभागले जनाएको छ ।

भूकम्पबाट कुनै भौतिक क्षति नभएको र सुनामीको खतरा पनि नरहेको विभागले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको नाकागावा क्षेत्रमा कडा धक्का महसुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?