जापानमा समुद्री तट घुम्न गएका एक नेपाली संक्रिटमा खसेर गम्भीर घाइते भएका छन् ।

अगस्ट १० बुधबार ओइता प्रान्तको बेप्पु शहरमा रहेको माछा मार्ने बन्दरगाहको तटबन्धमा लडेर प्रवीण शेर्पा गम्भीर घाइते भएका हुन् ।
साथीहरुसँग घुम्न गएका शेर्पा बन्दरगाहको तटबन्धबाट करिब २ मिटर तल कंक्रिटमा खसेर गम्भीर घाइते भएका हुन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।