जापान आइपुगे माओवादी अध्यक्ष प्रचण्ड (फोटो फिचरसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान आइपुगेका छन् ।

जापानको चिवास्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्ट, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरे लगायतले स्वागत गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान आएका हुन् ।

अध्यक्ष प्रचण्ड शनिवार जापानस्थित नेपाली राजदुतावास र एनआरएनए फुकुओकाको सयुक्त आयोजनामा हुने नेपाल फेस्टिवलको उद्वघाटन र नेपाली जनप्रगतिशील मञ्चले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् । साउन २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?