जापानका लागि नेपाली राजदूत सुवेदीले गरे पदबहाली

जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले पदबहाली गरेका छन् । नेपाली राजदूतावास टोकियोमा उनले बुधबार पदबहाली गरेका हुन् ।

पदवहाली गरेसँगै राजदूत सुवेदीले नेपाल सरकार र जापानस्थित नेपाली राजदूतावासप्रति सेवाग्राही तथा आम नेपाली नागरिकहरुको सकारात्मक भावना अभिवृद्धि गर्न राजदूतावासले प्रदान गर्ने राहदानी, प्रवेशाज्ञा, वारेशनामा, तथा अन्य विभिन्न कागजातहरुको प्रमाणीकरणलगायतका कन्सुलर सेवालाई सरल, सहज र जनमैत्री बनाउन आवश्यक प्रक्रिया पूरा भई कागजात पेश भएको अवस्थामा आजैबाट लागू हुनेगरी लागू गर्ने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?