जापानमा अत्यधिक गर्मी, विशेष सतर्कता अपनाउन अनुरोध

जापानमा पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी बढेको छ । राजधानी टोकियोमा मंगलबार ४० डिग्रीमाथि तापक्रम पुग्ने जापान मौसम विज्ञान विभागले जनाएको छ ।

जापानकै साइतामा क्षेत्रमा ४१ डिग्रीसम्म तापक्रम पुग्ने भएकाले सतर्कता अपनाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । सोमबार जापानको ओबामा सिटी, फुकुई लगायतका क्षेत्रमा ३९.१ डिग्रीसम्म पुगेको थियो ।

नागोया, गिफु, कोफु, माएबासी, साइतामा क्षेत्रमा ३९ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन भनिएको छ ।

अत्यधिक गर्मी बढेसँगै धेरै पानी पिउन, बन्द कोठामा बस्दा एयर कन्डिसन चलाउन, पैदल यात्राका क्रममा छाता ओड्न र शारीरिक बल पुग्ने कामहरु कम गर्न अधिकारीहरुले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?