अत्यधिक गर्मीले कारभित्रै एक बालकको मृत्यु

अत्यधिक गर्मीका कारण जापानको खानागावा प्रिफेक्चरको आचुगीमा पार्किङमा राखिएको एउटा कारभित्रै एक बालकको मृत्यु भएको छ ।

गर्मीको समयमा कारमा छाडेका एक बालकको मृत्यु भएको हो भने अर्की २ वर्षीय बालिकाको अवस्था गम्भीर रहेको छ ।

बालबालिकाकी आमाले २९ जुलाईका दिन बेलुका टेलिफोन गरेर घटनाबारे जानकारी गराएकी थिइन् ।

बालबालिकालाई अचेत अवस्थामा नै अस्पताल लगिएकोमा बालकको मृत्यु भएको चिकित्सकहरुले घोषणा गरेका थिए ।

दुवैजनालाई हिटस्ट्रोक भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरु खेल्न पार्कमा हिँडेका थिए ।

तर बालबालिका निदाएपछि उनीहरुलाई त्यही छाडेर आफू मोबाइल चलाएर बसेको बालबालिकाकी आमाले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?