टोकियोमा १२औं नेपाल फेस्टिवलको भव्य उद्घाटन

जापानको राजधानी टोकियोमा १२औं नेपाल फेस्टिवल भव्य रुपमा उद्घाटन गरिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको मुख्य आयोजनामा सुरु भएको नेपाल फेस्टिबलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे ।

जापानको नाकानो सहको सिकिनो मोरी पार्कमा सुरु भएको नेपाल फेस्टिबल भोलि ३१ तारिखसम्म चल्नेछ ।

उद्घाटन समारोहमा नेपालका विभिन्न कूटनीतिक व्यक्तित्वका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

बढ्दो गर्मी र कोरोना महामारीको बढ्दो संक्रमणका बाबजुद ठूलो संख्यामा नेपाली र जापानी दर्शकहरु उपस्थित भएका थिए ।

भोलिसम्म चल्ने नेपाल फेस्टिवलमा मौलिक नेपाली गीत, संगीत, नृत्य एवं विभिन्न सांस्कृतिक रीतिरिवाजहरु प्रस्तुत गरिनुका साथै रेस्टुरेन्ट, रेमिट्यान्स तथा विद्यालयजस्ता सेवा प्रदायक कम्पनीहरुका स्टलसमेत राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?