एयु तथा युक्यू मोबाइल प्रयोगकर्ताको २ सय येन फिर्ता गर्ने

जापानी टेलिकम फर्म केडीडीआईले २ जुलाईमा (एयु/युक्यू) प्रभावित प्रयोगकर्तालाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

कम्पनीले फोनको नेटवर्कमा समस्या उत्पन्न भएकोमा माफी माग्दै प्रयोगकर्तालाई प्रभावका आधारमा क्षतिपूर्ति दिइने जनाएको छ ।

जापानको इतिहासमै सबैभन्दा लामो फोन तथा इन्टरनेट सेवा बन्द भएको अवधिको दैनिक हिसाब गरी क्षतिपूर्ति दिइनेछ ।

केडीडीआईका अध्यक्ष माकोतो ताकाहासीले पत्रकार सम्मेलन गरी २ लाख ७१ हजारभन्दा बढी प्रयोगकर्तालाई अवरोध भएका दिनको हिसाब गरी रकम फिर्ता गरिने र बाँकी ३ करोड ५८ लाख ९० हजार प्रयोगकर्तालाई प्रतिव्यक्ति २ सय येनका दरले रकम फिर्ता गरिने जानकारी दिए ।

कम्पनीले क्षतिपूर्ति र रकम फिर्ता गर्दा करिब ७ .६ बिलियन येन खर्च हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?