जनप्रगतिशील मञ्चको कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड जापान आउँदै

नेपाली जनप्रगतिशील मञ्च जापानको कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान आउँदैछन् ।

जापानमा उनले जनप्रगतिशील मञ्चले आयोजना गरेको ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मञ्चले ७ अगस्ट, २०२२ मा टोकियोस्थित खामेइदो कल्चर सेन्टरमा बेलुका साढे ५ बजे अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा जापानमा रहेका नेपालीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड ६ अगस्ट (२१ साउन) मा जापान आउन लागेका छन् । जापान भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट हुने कार्यक्रम भने हालसम्म तय भइसकेको छैन ।

यसअघि उनले असारको अन्तिममा भारतीय जनता पार्टीको निमन्त्रणामा छिमेकी देश भारतको भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?