जापानमा हुने १२औं नेपाल फेस्टिवलको तयारी पूरा

जापानको राजधानी टोकियोमा हुने ‘१२औं नेपाल फेस्टिवल’ तयारी पूरा भएको छ ।

गैर अवासीय नेपाली संघ (एनआरएनए) जापानको मुख्य आयोजनामा जुलाई ३० र ३१ तारिखमा टोकियोको नाकानोस्थित सिकिनो मोरी पार्कमा फेस्टिवल आयोजना गरिएको हो ।

नेपाल र जापान दुवै देशका दर्शकहरु सहभागी हुने फेस्टिवलमा नेपालको कला संस्कृति झल्काउने र नेपालका बारेमा जापानीहरुलाई थप जानकारी गराउने फेस्टिवलको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

फेस्टिवलमार्फत नेपालको कला संस्कृति तथा परम्परागत झाँकी, नेपालको पर्यटनलगायतका व्यवसायिक साझेदारी तथा प्रवद्र्धनमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

फेस्टिवलमा मौलिक नेपाली गीत, संगीत, नृत्य एवं विभिन्न सांस्कृतिक रीतिरिवाजहरु प्रस्तुत गरिनुका साथै रेस्टुरेन्ट, रेमिट्यान्स तथा विद्यालयजस्ता सेवा प्रदायक कम्पनीहरुका स्टलसमेत रहनेछन् ।

जापानस्थित नेपाली राजदूतावासको समेत सहयोग रहने फेस्टिवल जुलाई ३० र ३१ तारिखका दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?