जापान सरकारले जापानी नागरिक एवं विदेशीलाई उपलब्ध गराउने राहत रकम बारे नेपाली दूतावास जानकारी स्वरुप सूचना जारी गरेको छ । शिन्जो आबे नेतृत्वको सरकारले प्रतिव्यक्ति १० मान येन राहत रकम उपलव्ध गराउने निर्णय गरिएकोले नेपालीको सहजताका लागि नेपाली दूतावासले सूचना जारी गरेको हो ।
