
जापानको आन्तरिक मामिला मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १ लाख ऐन दिने बिषयमा जापानी नागरिकहरु बाहेक पनि ३ महिना भन्दा लामो भिसा लिएर जापानमा बसोबास गर्दै आएका विदेशी नागरिकले पनि पाउने जनाएको छ ।
जसको लागि यहि अप्रिल महिनाको २७ तारिक सम्ममा उक्त ब्यक्तिको जापानको स्थानिय निकायमा वासिन्दा दर्ता गरेको हुनु पर्नेछ ।
शुरुमा आफुले केहि गर्नु पर्ने छैन । स्थानिय निकायमा (वडा कार्यलय वा नगरपालिका) मा दर्ता गरेको ठेगानामा आवेदन फारम आउने छ ।
जसमा नाम (परिवारसंगै बसेको भए सबैको नाम), उमेर, पाउने रकम आदि उल्लेख गरिएको हुनेछ । त्यसमा घरमुली (सेताइनुसी) को नाममा रहेको बैंक वा बित्तिय संस्थाको खाता नम्बर लेख्ने र उक्त खाता नम्बर सहि हो भन्ने प्रमाण रहेको खाताको फोटो कपी र कुनै परिचय पत्रको फोटो कपी हालेर नगरपालिकामा पठाएमा परिवारको सबै जनाको रकम घरमुलीको खातामा आउने छ ।
चिठ्ठी फिर्ता पठाउने खाम पनि संगै आउने छ । वडा र नगरपालिका अनुसार पत्र आउन केहि समय लाग्ने छ । र आवेदन फारम शुरु गरेको ३ महिना भित्र आवेदन दिइ सक्नु पर्ने छ । खाता नभएको ब्यक्तिले स्थानिय निकायमा सम्पर्क गरेर रकम लिन पनि सकिने छ ।
आफुसंग माइ नम्बर कार्ड भएको ब्यक्तिहरुको हकमा अनलाइनबाट पनि आवेदन दिन सकिने बताएको छ । तर यसको तरिका भने केहि समय पछि उपलब्ध हुने बुझिएको छ ।
Source: NHK online
