जापानले दियो ६८ करोड ३२ लाख सहयोग

काठमाण्डौ । सरकारले नेपाललाई ६८ करोड ३२ लाख रुपैयाँ आर्थिक तथा सामाजिक विकास कार्यक्रमको कार्यान्वयनका लागि सहयोग गर्ने भएको छ ।

सहयोग सम्झौता पत्रमा नेपालका लागि जापानी राजदुत मासासि ओगावा र अर्थमन्त्रलायका सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । जापान जस्तै भुकम्प, पहिरो, बाढी जस्ता प्राकृतिक प्रकोपको मारमा पर्ने नेपालको ती विपत सामनाको क्षमता विस्तारका लागि सहयोग गरिएको राजदुत मासासिले बताउनुभयो ।

विपतको सामना गर्न सक्ने राष्ट्रमा नेपालको विकास जापानको चासो रहेको कार्यक्रममा राजदुत मासासीले बताउनुभयो ।

यस कार्यक्रम अन्तर्गत जापान सरकारले मौसम पुर्वानुमान केन्द्र स्थापना र सडक व्यवस्थापनका लागि प्रयोग हुने उपकरण सहयोग गरिनेछ ।

जापानमा प्राकृतिक विपदको रोकथामका लागि प्रयोग भएका यन्त्र उपलब्ध गराइनेछ । प्राकृतिक विपतको रोकथामले नेपालको सामाजिक आर्थिक विकासमा सहयोग पुग्ने जापान सरकारको विश्वास रहेको काठमाडौंस्थित जापानी दुतावासले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?