गैरकानुनी रुपमा नेपाल पैसा पठाउने गरेको खुलासा, जापानबासी नेपालीलाई सचेत रहन आग्रह

टोकियो । इजिलिंक रेमिट्यान्सले टोकियोस्थित आसाकुसाबासीमा विशेष पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी केहि व्यक्ति विशेषहरुले अनाधिकृत रुपमा नेपाल पैसा पठाउने गरेको खुलासा गरेको छ ।

पत्रकार भेटघाटका क्रममा इजिलिंक रेमिट्यान्सका सिईयो डिपी अर्यालले विविध माध्यम प्रयोग गरि जापानबाट नेपाल गैरकानुनी रुपमा पैसा पठाउने गरेको खुलासा गरेको हो । के कसरी र कुन कुन माध्यमबाट अनाधिकृत रुपमा पैसा नेपाल पठाउने गरिएको छ, त्यो भने उनले खुलाएनन् ।

जापान सरकारले विदेशीले जापानमा बसेर के कस्ता गतिविधि गरिरहेको छ भन्ने बारे अप्रत्यक्ष रुपमा निगरानी गरिरहेकोले सचेत रहेर आधिकारिक माध्यम प्रयोग गरि नेपालीहरुलाई आर्थिक कारोवार गर्न/गराउन पत्रकार मार्फत अनुरोध गरेका छन् ।

रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउनेहरुले जापानमा कोहि पनि नेपालीहरु दु:ख नपाओस भन्नका लागि आफ्ना सेवाग्राहीहरुलाई बेला बेलामा सुचित गर्ने गरेको रेमिट्यान्सका सिईयो अर्यालले बताए ।

इजिलिंक रेमिट्यान्स कम्पनी सन् १९९९ मा नेपाल राष्ट्र वैंकमा दर्ता गरिएको पहिलो रेमिट्यान्स हो साथै विश्वको दोश्रो ठूलो मनिग्राम भित्र्याउने पनि इजिलिंक रहेको रेमिट्यान्सका सिईयो अर्यालले दावी गरे ।

इजिलिंकले २०१८ बाट हान्पास रेमिट्यान्सको नामबाट कोरियाबाट रेमिट्यान्स सुरु गरिएको सोहि पत्रकार भेटघाट कार्यक्रममा सिईयो अर्यालले बताए । अनाधिकृत रुपमा नेपाल पैसा पठाउनेलाई निरुत्साहित पार्दै आधिकारिक रुपमा रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउनका लागि प्रेरित गराउन सहयोगी भूमिका निर्वाह गर्न पत्रकारहरु समक्ष आग्रह गरे ।

इजिलिंक रेमिट्यान्सले जारि गरेको प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?