जापानमा फेरी एक नेपालीको निधन

जापानमा फेरी एक नेपालीको निधन भएको छ ।

गल्कोट हटिया घर भएकी सोनु श्रेष्ठको नाकानोस्थित प्रहरी अस्पातलमा उपचारको क्रममा निधन भएको हो ।

एक हप्ता अघि सो अस्पातल उपचारका लागि पुगेकी श्रेष्ठ फर्कदा अस्पातलको गेटमा वेहोस् भई भर्ना गरी एक हप्ता उपचारपछि अस्पातलले मृत घोषणा गरेको हो ।

श्रेष्ठको अन्त्यष्ठी साँढे दुई बजे सिनागावा सी निसी गोतान्दामा गरिने भएको छ ।

करिव २ वर्ष अघि विवाह गरेर जापान आएकी श्रेष्ठको पति अर्जुन श्रेष्ठ संगै नाकानोमा बस्दै आएका थिए ।

यसै साता २८ वर्षीय राजु केसीको पनि निधन भएको थियो । जापानमा एकै हप्तामा २ जनाको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?