श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले महिला फोरम गठन गरेको छ ।

एनआरएनए जापानकी महिला संयोजक सबिता श्रेष्ठको संयोजकत्वमा जापानमा सक्रिय महिलाहरूलाई समेटेर २१ सदस्यीय फोरम गठन गरेको हो ।

राष्ट्रिय समन्वय समितिको मातहतमा रहेर प्रवासमा महिला सशक्तिकरण, महिला जागरण, नेतृत्व विकास तथा राष्ट्रको समृद्वीमा महिलाहरुको भूमिकालाई स्थापित गर्दै अगाडि बढ्ने उदेश्यले गठन गरिएको संयोजक श्रेष्ठ बताईन ।

एनआरएनए जापानको केन्द्रीय कार्यालय शिनओकुबोमा शुक्रबार भएको महिला भेलाले एनसीसी महिला संयोजक श्रेस्ठको संयोजकत्वमा २१ सदस्य समिति, ४ सदस्यीय सल्लाहकार समिति र सदस्य सचिब चयन गरेको हो ।

जसमा श्रेष्ठ संयोजक रहने गरी ज्वाला संग्रौला सदस्य सचिब सदस्यहरुमा सिर्जना पाण्डे, संगीता अधिकारी, गंगा डंगोल, अन्जु भण्डारी, विष्णु बानियाँ, निरा उपाध्याय, सरिता ढकाल, स्मृति आचार्य, निरा केसी, सिता राणा, सरु बास्तोला, सुनिता महर्जन (श्रेष्ठ), कमला गैरे, धर्मिका घिमिरे, दिपा घिमिरे, सक्खु खान, ज्योती पौडेल, गृष्मा ओकोमोतो र लक्ष्मी दुलाल रहेकी छिन् ।

त्यसै गरी फोरमको सल्लाहकार समुहमा इन्दिरा सुजुकी, प्रेमिला गौचन, पवन वर्षा शाह र शुष्मा ओमातालाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?