कानागावाको एक अपार्टबाट ९ जनाको लाससहित कोठामा बस्ने पक्राउ

टोकियो । कानागावा केन जामा सीको एक अपार्टमा ९ जनाको लास भेटिएको छ ।

अमेरिकी सेनाको ब्यारेक नजिकैको अपार्टमा लासहरु टुक्रा टुक्रा बनाएर कुलर बक्सभित्र राखिएको अवस्थामा भेटिएको हो ।

९ जनाको लास मध्ये एउटा लास टोकियो नजिकैको हाचियोजी सी बाट हराईरहेकी २३ बर्षीय महिला भएको पुष्टी भएको प्रहरीले जनाएको छ ।

टोकियो प्रहरीले कोठामा बस्ने २७ बर्षीय ताकाहिरो शिराइसी नाम गरेको पुरुषलाई हत्या र लास लुकाएको आरोपमा पक्राउ गरी विस्तृत रुपमा घटनाको वारेमा सोधपुछ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?