एनआरएनए जापानको नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन, यसरी गर्न सकिन्छ मतदान

टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि हुने निर्वाचनका लागि आवश्यक प्रक्रिया सार्वजनिक भएको छ ।

निर्वाचन समितिले विज्ञप्ती जारी गर्दै भोलि आइतबार हुने चुनावको प्रक्रिया सार्वजनिक गरेको हो । निर्वाचन समितिका अनुसार चुनाव बिहान दश बजेदेखि साँझ छ बजेसम्म हुने छ ।

निर्वाचन समितिका संयोजक ओम गुरुङको हस्ताक्षरमा जारी विज्ञप्तीमा आइफोन एप मार्फत् वा अन्य स्मार्ट फोन वा कम्प्युटरको सहायतामा एनआरएन इलेक्सन डट कम मार्फत् मतदान गर्न सकिने उल्लेख छ ।

मतदान सम्बन्धी जानकारी आवश्यक भएमा एनआरएनजापान डट ओआरजीमा गएर हेर्न सकिने पनि उल्लेख गरिएको छ । एक आईपी एड्रेसबाट ५ भोट गर्न सकिने जनाएको छ ।

निर्वाचन समितिले जारी गरेको विज्ञप्तीमा इन्टरनेट तथा कम्प्यूटरको पहुँच नहुने मतदाताहरूका लागि एनआरएनए जापानको १३ क्षेत्रीय समिति कार्यालयहरुमा मतदान स्थलको व्यवस्था गरिएको उल्लेख छ ।

तर, ती स्थानमा मतदान गर्नका लागि दिउँसो एक बजेदेखि साँझ छ बजेसम्मको समय निर्धारण गरिएको छ । निर्वाचन समितिले मतदान अवधिभर मतदातालाई प्रभावित पार्ने र निर्वाचन कार्य बिथोल्ने खालका क्रियाकलाप गरेको पाईए कारबाही गर्ने जनाएको छ ।

यस्तै विभिन्न १३ क्षेत्रीय कार्यालयउमा पुगि मतदातालाई प्रभाव पार्ने वा सामाजिक सञ्जालको दुरुपयोग गरेको पाइए पनि अनुसन्धान गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सेप्टेम्बर चार तारिखका दिन मत परिणाम सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?