जापानमै पहिलो पटक तीज गीत प्रतियोगिता हुँदै 

टोकियो । जापानमा पहिलो पटक तीज गीत प्रतियोगिता हुने भएको छ ।

जापानमा रहेका चर्चित कलाकारको अग्रसरतामा यूनिक मल्टिमिडियाले सो कार्यक्रम आयोजना गर्न लागेको हो । सो प्रतियोगितात्मक कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने आयोजकले जनाएको छ ।

टोकियो रोधी क्लवमा आयोजना हुने प्रतियोगितामा जापानमा रहेका विभिन्न संघ संस्थामा आवद्व महिलाहरु हुन सक्ने छन् ।कम्तिमा एउटा टोलीमा ४ जना अनिवार्य गरिएको छ ।

आयोजकका अनुसार प्रतियोगिताका लागि लोक सस्कृति झल्कने पोशाकलाई प्राथमिकता दिने साथै गीतको भाव, पोशाक, सुर, ताल र नृत्यको मुल्यांकन अनुसार प्रथम, दोश्रो र तेश्रो घोषणा गरिने आयोजकले जनाएको छ ।

सहभागीले मौलिक तीज गीत प्रस्तुत गर्नु पर्ने छ । प्रतियोगिता २१ अगस्त साँझ ६ बजेबाट सुरु हुने जनाइएको छ ।

टिम दर्ताको लागि यही अगस्त २० तारिखसम्म दर्ता गर्न सकिने जनाइएको छ । टिम दर्ता शुल्क ४ हजार लाग्नेछ ।

टिम दर्ता तथा विस्तृत जानकारीका लागि:
080-9820-4870 (सन्तोष चोखाल)
070-1318-0987 (सरोज आचार्य)
090-2648-9079 (दुर्गा बहादुर खत्री)
090-5798-7506 (पवन वोहोरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?