दावी विरोधपछि सचिवका उम्मेदवार शाहीले भने- म सधैं सचेत छु, एकतामा आँच आउन दिन्न

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्याकालका लागि सचिवका दाबेदार जनक विक्रम शाहीलाई उनकै प्रत्यासी बाशुदेव लामिछानेले दावी विरोध गरेपछि माहौल तातिएको छ ।

शाही भने दावी विरोध पछि निकै संयमित देखिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै आफ्ना समर्थक र सुभेच्छुकलाई निर्वाचन समितिको निर्णय कुर्न भनेका छन् ।

शाहीले निर्वाचन समितिले आफुलाई खबरै नगरी मिडियाबाजी गरेको आरोप समेत लगाएका छन् । उनले निर्वाचन समितिले आफुमाथि परेको दाबी विरोधका बारेमा जानकारी नदिएको तर आफ्ना सुभेच्छुक र विभिन्न मिडियाबाट खबर आएको उल्लेख गर्दै उनले आफु एनआरएनए जापानको विधानमा टेकेर उम्मेदवार भएको दाबी गरेका छन् ।

उनले निर्वाचन समितिको विधानको परिच्छेद ८ को दफा ५ को उपदफ २ अनुसारनै आफुले उम्मेदवारी दिएको र उम्मेदवारी माथि निर्वाचन समितिमा दावी विरोध परेकोले समितिको निर्णय पर्खिएको बताएका छन् ।

उनले आफ्नो योग्यतामाथि प्रश्न उठाइए पनि आफु एनआरएनएको सचिव बन्न योग्य रहेको बताएका छन् । उनले आफु निरन्तर सामाजिक काममा लागिरहेको उल्लेख गर्दै राम्रो काम गर्दा गर्दै आइपर्ने अवरोधहरुको सामना गर्ने हिम्मत आफुसँग भएको बताएका छन् ।

शाहीले आफुमाथि परेको दावी विरोधलाई स्वभाविक रुपमा लिएको र लोकतन्त्रमा मत अभिमत, समर्थन र विरोध स्वभाविक हुने उल्लेख गरेका छन् । उनले दावी विरोधलाई सहर्ष स्विकार गरेको उल्लेख गर्दै यही विषयलाई लिएर एनआरएनए जापानमा देखिएको सद्भाव, एकता र भातृत्वमाथि आँच आउन दिन नहुने तर्फ आफु सचेत रहेको पनि जनाएका छन् ।

यो पनि पढ्नुहोस्

एनआरएनए जापानको उपाध्यक्षका उम्मेदवार पौडेल र सचिवका उम्मेदवार शाहीको योग्यतामाथि प्रत्यासीले नै उठाए प्रश्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?