एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष र सह-कोषाध्यक्ष निर्विरोध, यी हुन् अन्य पदका आकांक्षी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक ओम गुरुङका अनुसार अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । वर्तमान कार्यसमितिका उपाध्यक्ष टासी वाङदी लामा र महासचिव अनुज थापाले अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य (आइसीसी) का लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । टंकप्रसाद गैरे, कपिलदेव थापा, दिलाराम खरेल, दिनेशकुमार गुरुङ र केशर गिरी निर्विरोध भएका छन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा देबीलाल भण्डारीको मात्र उम्मेदवारी परेको छ । उनी निर्विरोध भएका छन् । महिला उपाध्यक्षमा सविता श्रेष्ठ र अनिता गुरुङ (लामा)को उम्मेदवारी परेको छ ।

यस्तै उपाध्यक्षमा शिवप्रसाद पौडेल, जीवन न्यौपाने, सरोजकुमार खत्री, द्रोणप्रसाद सिलवाल र छज्ञबहादुर दाहालको उम्मेदवारी परेको छ । यस्तै महासचिवमा बुद्धिराज घिमिरे र बिशेश्वर रेग्मीको उम्मेदवारी परेको छ ।

यस्तै सचिवमा जनक बिक्रम शाही, बाशुदेव लामिछाने र प्रकाश थापाले दाबेदारी प्रस्तुत गरेका छन् । कोषाध्यक्षमा प्रल्हाद सिंह महत, कालिका थापा र महेन्द्रकुमार अधिकारीको उम्मेदवारी परेको छ भने सह-कोषध्यक्षमा राम थापा (अनिल) को मात्रै उम्मेदवारी परेको छ । उनी पनि निर्विरोध भएका छन् ।

यस्तै महिला सदस्यमा कमला गैरे, गीता आचार्य (स्मृति) र सृजना पाण्डेले उम्मेदवारी दिएका छन् भने सदस्यमा बिक्रम खत्री, बालकृष्ण कंडेल, उत्तमकुमार श्रेष्ठ, नरेन्द्रराज सापकोटा, कुमार कार्की, राजु पनेरु, सुरश रेग्मी, दयाराम खरेल, नारायण खड्का, डिलाराम गैरे, चेतराम गैरे (चेतन), जगतबहादुर खड्का, दिनेश लोहनी, श्याम (गोपाल) कंडेल, हस्त लामा, राजकुमार पौडेलले पनि उम्मेदवारी दिएका छन् ।

यस्तै अस्मिता लामा वाइबा, टिकाराम कंडेल, सोमनाथ लम्साल, लालबहादुर रावल र डिल्लीराम शिवाकोटीले पनि उम्मेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस

उम्मेदवारमाथि दाबी विरोध प्रस्तुत गर्न निर्वाचन समितिको आग्रह

[pdf-embedder url=”http://nepalsandesh.com/wp-content/uploads/2017/08/NRN-Candidate-List_2017.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?