एनआरएनए जापानको सदस्यमा हस्त लामाको उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि सदस्य पदमा हस्त लामाले आकांक्षा देखाएका छन् ।

अपिल जारी गर्दै लामाले एनआरएनए मार्फत् सामाजिक काममा क्रियाशील हुन खोजेको जनाएका छन् ।

उनले विगत दश वर्षदेखि एनआरएनए जापानमा कुनै न कुनै रुपमा जोडिएको उल्लेख गर्दै यस पटक सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

लामाले जापानको क्युशु क्षेत्रमा रहेर नेपाली विद्यार्थीका समस्या समाधानका लागि पहल गर्दै आइरहेका छन् ।

लामा फुकुओका क्षेत्रमा सामाजिक काममा समेत कृयाशील छन् । सधै पर्दा पछाडि रहेर काम गर्न रुचाउने लामाले अब भने खुलेरै नेपाल र नेपालीको हितका लागि काम गर्न चाहेको र यसका लागि एनआरएनएमा रहेर काम गर्दा अझ प्रभावकारी हुने आशाले आफुले उम्मेद्वारी दिन लागेको बताएका छन् ।

लामाले आफु सधैं एनआरएनए नेपालीको पक्षमा लागिरहेकाले यस पटक आफु निर्वाचित हुने दाबी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?