कानुनी प्रक्रिया पुरा गरी जिसीको पार्थिव शरीर नेपाल पठाउने तयारी

टोकियो । जापानको गुन्माकेनको ओईजुमीमाचीमा भएको सडक दुर्घटनामा परि मृत्यु भएका हृदेश जिसीको पार्थिव शरीर नेपाल लैजाने तयारी सुरु भएको छ ।

नेपालको नवलपरासी स्थायी ठेगाना भएका ३१ वर्षीय जिसीको सडक दुर्घटनामा परि मृत्यु भएको थियो । आइतबार दुर्घटनामा परेका जिसीको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनी सवार सवारीका चालकलाई जापान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सन् २०१५ मा प्रशिक्षार्थीका रुपमा जापान आएका जिसीले गत वर्ष नेपाल गएर विवाह समेत गरेका थिए । उनको परिवारको आग्रहमा मृत शरीर नेपाल लैजाने प्रकृया सुरु गरिएको एनआरएन जापानको उपाध्यक्ष देबीलाल भण्डारीले जानकारी दिए ।

उनको पार्थिव शरीर नेपाल लैजाने कानुनी प्रकृया पुरा गर्नका लागि टाेकियाे होएईस्या कम्पनीलाई जिम्मा दिइएको छ । मंगलबार भण्डारी सहित प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, कानागावा नेपाल कम्यूनिटीका अध्यक्ष हरि सापकोटा, नवलपुर समाजका सल्लाहकार नारायण कडेल, नवलपुर समाज जापानका कोषाध्यक्ष राम खड्का, सदस्य माधव पौडेल लगायतका जापानबासी नेपालीहरु जिसीलाईराखिएको स्थानमा पुगेर श्रद्धान्जली अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?