चितवन समाज जापानको कान्तो क्षेत्रीय अधिवेशन हुँदै

टोकियो । जापान समाज जापानको कान्तो क्षेत्रको पहिलो अधिवेशन जुलाई २३ तारिखका दिन हुँदै छ ।

चितवनबाट जापानको कान्तो क्षेत्रमा आई विभिन्न पेशा व्यावसाय, अध्ययन तथा रोजगारीमा संलग्नहरुलाई आयोजकले अधिवेशनमा सहभागिता जनाउन आग्रह गरेको छ ।

चितवनबाट जापान आई बसोबास गर्ने नेपालीहरुको साझा संस्था चितवन समाजले आफ्नो क्षेत्रीय संगठनहरु विस्तार अभियानलाई तिब्रता दिन थालेको हो ।

समाजका अध्यक्ष सरोज कँडेलले अधिवेशनमा सहभागिताका लागि चिवामा बसोबासगर्ने चितवन बासीलाई आग्रह गरेका छन् । जुलाई २३ तारिख आइतबार टोकियो रोधी क्लबको हल सिन ओकुबोमा मध्यान्ह १२ बजेदेखि अधिवेशन सुरुहुने छ ।

कार्यसमितिमा बस्न चाहनेहरूले अध्यक्ष : सरोज कंडेल (080-6911-4063) उपाध्यक्ष: राजन श्रेष्ठ (080-4165-4276) महासचिब: छबिलाल सापकोटा (090-6511-8411) कोषाध्यक्ष: हरि पौडेल (080-4009-8263) बासुदेव लामीछाने(080-9805-2008) राम थापा अनिल(080-1208-0800)तथा आयोजक समितिका संयोजक एबं इन्चार्ज अर्जुन अधिकारी(080-4144-2060)संग सम्पर्क गर्नुहुन आयोजकले अनुरोध गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?