एनआरएनए कान्तो क्षेत्रीय समितिको सपथ ग्रहण सम्पन्न, यस्ता छन् पहिलो निर्णयहरु

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय समितिको जुलाई ९ मा सम्पन्न ५ औ अधिवेशनबाट निर्वाचितहरुको समय अभावका कारणले रोकिएको सपथ ग्रहण सम्पन्न भएको छ ।

जुलाई १४ तारिखका दिन एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, एनआरएनए आइसीसी सदस्य ओम गुरुङ, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, पदाधिकारी र सदस्यहरुको उपस्थितिमा सपथ ग्रहण कार्यक्रम गरिएको हो ।

त्यस्तै गरि सो कार्यक्रममा निर्वाचन कमिटि संयोजक शालिकराम भण्डारी, विश्वेश्वर रेग्मी, अध्यक्ष मण्डलका पुष्कर जंग थापा र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समितिको सपथ ग्रहण पछि बसेको पहिलो बैठकले रक्तदान जीवन दान भन्ने मुल नाराका साथ विश्व साइकल यात्रामा निस्किएका विश्व साईकल यात्री पर्वतका भेषराज कँडेल र झापाका युवराज मैनालीलाई कान्तो समितिको पहलमा एक लाख ३१ हजार जापानी येन आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

साथै बैठकले नेपालीहरुले अनिवार्य रुपमा एमआरपी बनाउनु पर्ने नियम लागु भएपछि जापानमै जन्मिएका नेपाली बालबालिकाहरुको एमआरपी बनाउनका लागि नि:शुल्क रुपमा फारम भरिदिने साथै बच्चाको जन्म दर्ता कागजात अंग्रेजीमा ट्रान्सलेसन समेत नि:शुल्क गरिदिने कान्तो समितिले जनाएको छ ।

र यो पनि: एनआरएनए कान्तोको संयोजकमा निउरे, कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?